नियम ७
इजाजतपत्रको निष्कृयता
(१) साधारणतः स्वीकृति अवधिको भुक्तानीसाथै इजाजतपत्र निष्कृय हुनेछ ।
(२) यी नियमहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै इजाजतपत्रको अवधि र समय हेरफेर गर्न वा इजाजतपत्रलाई स्थगित गर्न वा निष्कृय गर्न नेपाल सरकारले समयोचित वा आवश्यक सम्झे विना स्पष्टिकरण समेत सो गर्न सक्नेछ ।
(३) यस्तो हेरफेर, स्थगित वा निष्कृय गरिएको सूचना नियमित रुपले प्रदर्शन हुने कम्तीमा २४ घण्टा अगाडि सम्बन्धित व्यक्तिलाई दिइनेछ ।
(४) प्राकृतिक वा असाधारण परिस्थितिवश वा नेपाल सरकारले समयोचित वा आवश्यक सम्झी निष्कृय वा स्थगित गरिएको इजाजतपत्रको स्थगित अवधिको निमित्त कुनै किसिमले बहाल लाग्ने छैन ।